रातो र चन्द्र सूर्यमा हिमानीको डान्स | Khabarhub Khabarhub

रातो र चन्द्र सूर्यमा हिमानीको डान्स


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्व राजपरिवारका सदस्यहरु विभिन्न कामका कारण चर्चामा आउने गरेका छन् ।

एक साताअघि सम्म पूर्व राजपरिवारका सदस्य पूर्व युवराज पारस शाह चर्चामा थिए । उनी एक युवतीसँग घुमघाम र सम्बन्धका कारण एकाएक चर्चामा आएका थिए ।

उनको करिब एक महिनादेखि चर्चा चलिरहेको समयमा आइतवार(हिजोदेखि) पूर्व राजा ज्ञानेन्द्रको ‘नाइट क्लब’ मा विन्दास ‘डान्स’ चर्चामा छ ।

उनीसँगै पारस पत्नी एवं पूर्व युवराज्ञी हिमानी शाहको नाँच पनि चर्चामा रहेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा पूर्व राजपरिवारका सदस्यहरु लर्ड अफ ड्रिङ्स (एलओडी) मा विन्दास तालमा नाचेको भिडियो एकाएक भाइरल बन्न पुगेको थियो ।

एलओडीले सार्वजनिक गरेको भिडियोमा पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यहरु लिएर डान्सबार पुगेका हुन् ।

उनको साथमा छोरी, नातिनी र बुहारी हिमानीसमेत देखिएका छन् ।

ज्ञानेन्द्र शाहले डान्सबारमा विन्दास डान्स गर्दा डान्सबारमा उपस्थित भएका सर्वसाधारण समेत झुमेका छन् । पूर्व राजाले कोट खोलेर नाँचेका छन् । हात हल्लाएका छन् र आफ्ना समर्थकलाई अभिभादन गरेका छन् ।

फ्लरमा उत्रिएर सर्वसाधारणसँग अंगालो मारेका छन् भने सेल्फीसमेत खिचेका छन् ।

ज्ञानेन्द्रसँगै हिमानीको डान्स !

डान्सबारमा ज्ञानेन्द्र शाह मात्र विन्दास मुडमा नाचेका छैनन् । युवराज्ञी एवं पारस पत्नी हिमानी शाह पनि विन्दास मुडमा नाचेकी छिन् ।
‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा उनी विन्दास डान्स गरिरहेकी छिन् ।

हिमानी शाह ‘रातो र चन्द्र सूर्य’ बोलको गीत चर्कोसँग गाउँदै नाचेकी छिन् । पूर्व राजा ज्ञानेन्द्र शाह फ्लोरमा रहेका समर्थकलाई ‘फ्लाइङ किस’ दिइरहँदा पूर्व युवराज्ञी हिमानी उन्मुक्त रुपमा नाचेकी छिन् । दुवै हात फैलाउँदै उनी रातो र सूर्यको गीतको जोसमा नाचेकी छिन् ।

०००

पूर्व युवराज पारस शाहकी पत्नी हिमानीमाथि धेरै नेपालीले सहानुभूति राख्ने गरेका छन् ।

सार्वजनिक कार्यक्रम र स्थलमा सुन्दर, सुशील र लजालु स्भावकी देखिने हिमानीमाथि पारसले वेवास्ता गरेको भन्ने नेपालीको संख्या उल्लेख्य नै छ ।

‘हिमानी ट्रस्ट’ मार्फत समाज सेवामा सक्रिय रहेने गरेकी हिमानी पति पारस शाहसँग सँगै रहेको तस्वीर पछिल्लो दिन आउन सकेको छैन ।
उनीहरुबीचको सम्बन्ध  डिभोर्सको अवस्था पुगेको राजपरिवार निकट श्रोतको दाबी छ ।

पारससँग लामो समयदेखि निकट सम्बन्धमा नरहेकी हिमानी नाचलाई धेरैले प्रशंसा गरेका छन् ।

पारसले दिएको तनाव विसर्जनका लागि वा तनावबाट मुक्ति पाउनका लागि हिमानीको यो प्रयास राम्रो भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको प्रतिक्रिया रहेको छ ।

कमजोरी पारसमा ?

उसोत समबन्धहरु बन्न र भत्कन कुनै एउटा पक्षको मात्र दोष हुँदैन । पारस र हिमानीको सम्बन्धका बारेमा केहीले दुवैमा केही कमजोरी होला भन्ने अनुमान गर्ने गरेका छन् । तर पारस शाहका गतिविधि हेर्दा हिमानीमा नभइ उनी स्वयंममा सस्मया रहेको अनुमान गर्न सकिन्छ ।

शाहज्यादा हुँदा देखिनै विभिन्न काण्डहरुमा फसेका पारस पछिल्लो सयम एकजना युट्युबर सोनिका रोकायसँग रमाइलो गरिरहेका छन् ।

थाइल्याण्डमा रहँदा थाइमहिलासँग सम्बन्धमा रहेको र लागुऔषध प्रयोग गरेर आलोचित बनेका पारस पछिल्लो समय सोनीकासँगको सम्बन्धका कारण चर्चा र आलोचनामा रहेका छन् ।

नेपालमा राजतन्त्रको बहस भइरहेको बेलामा केही सयम अघि पोखरामा सोनीनकासँग फेला परेका पारसले नेपालमा केही वाद नभएको र आफू राजावादी नभएको बताएका थिए ।

खबरहबसँगको संक्षिप्त कुराकानीका क्रममासमेत पारसले आफूलाई राजाबन्ने कुनै इच्छा नभएको बताएका थिए ।

आफूमा राजा बन्ने आशक्ति नभएको र जस्तो सुकै काम गर्न आफू स्वतन्त्र भएको पारसको भनाइ थियो ।

आफूले साँधुको जस्तो जीवन शैली जिउने उनको भनाइ थियो ।

राजशी जीवनबाट साँधुको जस्तो जीवनशैलीमा पुग्नु पारसको नियती हो कि उनको इच्छा भन्ने उनले नै जानुन् । तर पूर्व युवराजले ‘आवारा’ पारामा हिँड्नुलाई आम मानिसले भने सही मानेका छैनन् ।

सोनिकासँगको सम्बन्धका कारण चर्चामा रहेका पारस पोखरापछि मुस्ताङ पुगे । सोनिकालाई पिङमा मच्चाए र आफूपनि मच्चिए । पछिल्लो तीन महिना भन्दा लामो समयदेखि पारस र सोनिका सम्बन्धमा रहेको चर्चा चलिरहेको छ ।

पारससँग नजिकिँदा छोराछोरीमा पनि नकारात्मक प्रभाव पर्नसक्ने भन्दै पूर्व राजपरिवारले पारसलाई निर्मल निवास प्रवेश र छोराछोरीसँगको भेटघाटमा समेत बन्देज लगाएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १० : ५५ बजे

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।