एसीसी इमर्जिङ टिम्स कप– बंगलादेशसँग नेपालको फराकिलो हार « Khabarhub

एसीसी इमर्जिङ टिम्स कप– बंगलादेशसँग नेपालको फराकिलो हार


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी इमर्जिङ टिम्स कपमा समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग फराकिलो अन्तरले पराजित भएको छ ।

ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू–२३ टिमसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

बंगलादेशका लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए ।

बंगलादेशविरुद्ध नेपालका सुशन भारी र करण केसीले १–१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो ।

बंगलादेशविरुद्ध नेपालको मध्यक्रमको ब्याटिङ कमजोर बन्दा नेपालले बलियो टोलीविरुद्ध सानो योगफल प्रस्तुत गरेको थियो । नेपालका लागि सोमपाल कामीले बाहेक अन्य खेलाडीले गतिलो प्रर्दशन गर्न सकेनन् । अन्तिमतिर ब्याटिङ गर्न आएका उनले ४ चौकाको मदतले सर्वाधिक ३८ रन बनाए ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर, भुर्तेल १० रनमा आउट भए त्यसलगत्तै नेपालले थप १ रन जोड्दा दोस्रो विकेट गुमायो । अर्का ओपनर तथा कप्तान मल्ल २२ रनमा आउट भए ।

यस्तै करणले १८, आरिफ शेख ११, कुशल भुर्तेल १० रन बनाए । बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३–३ विकेट हात पारे ।

यस्तै, तान्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।

नेपाललाई पराजित गरेसँगै बंगलादेश भने समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

३ खेल खेलेको बंगलादेशले ६ अंक जोडेको छ । यता, नेपालको भने २ अंकमात्रै रहेको छ । नेपालले सेमिफाइनल पुग्न हङ्कङ र भारतबीचको खेलमा भारतलाई हङ्कङले पराजित गर्नुपर्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ४६ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२