एसीसी इमर्जिङ टिम्स कप– बंगलादेशसँग नेपालको फराकिलो हार « Khabarhub

एसीसी इमर्जिङ टिम्स कप– बंगलादेशसँग नेपालको फराकिलो हार


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी इमर्जिङ टिम्स कपमा समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग फराकिलो अन्तरले पराजित भएको छ ।

ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू–२३ टिमसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

बंगलादेशका लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए ।

बंगलादेशविरुद्ध नेपालका सुशन भारी र करण केसीले १–१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो ।

बंगलादेशविरुद्ध नेपालको मध्यक्रमको ब्याटिङ कमजोर बन्दा नेपालले बलियो टोलीविरुद्ध सानो योगफल प्रस्तुत गरेको थियो । नेपालका लागि सोमपाल कामीले बाहेक अन्य खेलाडीले गतिलो प्रर्दशन गर्न सकेनन् । अन्तिमतिर ब्याटिङ गर्न आएका उनले ४ चौकाको मदतले सर्वाधिक ३८ रन बनाए ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर, भुर्तेल १० रनमा आउट भए त्यसलगत्तै नेपालले थप १ रन जोड्दा दोस्रो विकेट गुमायो । अर्का ओपनर तथा कप्तान मल्ल २२ रनमा आउट भए ।

यस्तै करणले १८, आरिफ शेख ११, कुशल भुर्तेल १० रन बनाए । बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३–३ विकेट हात पारे ।

यस्तै, तान्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।

नेपाललाई पराजित गरेसँगै बंगलादेश भने समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

३ खेल खेलेको बंगलादेशले ६ अंक जोडेको छ । यता, नेपालको भने २ अंकमात्रै रहेको छ । नेपालले सेमिफाइनल पुग्न हङ्कङ र भारतबीचको खेलमा भारतलाई हङ्कङले पराजित गर्नुपर्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ४६ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र