स्तनपानमा नयाँ आमाले ध्यान दिनु पर्ने कुराहरु « Khabarhub

स्तनपानमा नयाँ आमाले ध्यान दिनु पर्ने कुराहरु


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ ।

नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनुपर्दछ । पहेँलो दूधले खोप सरह शिशुलाई रोगबाट बचाउँछ । साथै रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।

शिशुको आवश्यकता अनुसार एक दिनमा ८ देखि १२ पटक (२४ घण्टा दिन र रात) स्तनपान गराउनु पर्दछ । आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकोले पानी पनि खुवाउनुपर्दैन । बच्चा कम्तिमा दुई वर्ष नपुगुन्जेल नियमित रुपले अन्य खानाको साथै आमाको दूध नै खुवाइ रहनुपर्छ ।

सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना (अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य खानेकुरा) खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्नु हुँदैन र धुम्रपान तथा मद्यपान गर्नु हुँदैन ।

शिशुले आमाको भावना बुझ्ने हुनाले शिशुको संवेगमा नकारात्मक असर पर्दछ ।

स्तनपान गराउँदा तनावमा, दुःखी मनले, दिक्क मान्दै, रिसाउँदै, गाली गर्दै खुवाउनु हुँदैन । यसो गर्दा दूध कम आउँछ । त्यसैले स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ ।

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:

स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनु पर्दछ । सफा र खुकुलो लुगा लगाउनु पर्दछ ।

आमाले स्तनलाई C (अंग्रेजी अक्षरको सी आकार) आकारमा समात्नु पर्दछ । बुढी औंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरु औंला स्तनको तलपट्टि हुनुपर्छ ।

शिशुलाई काखमा राख्ने र शिशुको टाउको अलिकति ढल्काइ दूध चुसाउनु पर्दछ । स्तनपान गराउँदा एकापट्टिको दूध पूर्ण खाली हुनेगरी दूध खुवाउनु पर्दछ । त्यसपछि अर्कोपट्टिको स्तनपान गराउनु पर्दछ । शिशुले जति दूध चुस्छ त्यति नै बढी मात्रामा दूध रसाउँछ ।

दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्यूँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।

सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोसिलो खाना खानु पर्दछ, जस्तैः दाल, गेडागुडी, दूध र अन्य तरल खानेकुरा बढी खानुपर्छ ।

सुत्केरी भएको ४२ दिन भित्र भिटामिन ए क्याप्सुल एक मात्रा खानु पर्छ । भिटामिन ए क्याप्सुल नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकाबाट निःशुल्क उपलब्ध हुन्छ ।

सुत्केरी भएको ४५ दिनसम्म नियमित रुपले आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खानु पर्दछ ।

दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकालाई सम्पर्क गर्नु पर्दछ ।

एचआइभी सङ्क्रमित आमाले पनि छ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउनुपर्छ । त्यसपछि शिशुलाई आमाको दूधसँग पूरक खाना पनि दिनुपर्छ । तर एचआइभी सङ्क्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुन्न । साथै नजिकको स्वास्थ संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह गर्नुपर्छ ।

नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध किन खुवाउनुपर्दछ ?

बालबालिकाको लागि स्तनपानको महत्व:

आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ ।
यो सधैँ सफा र सुरक्षित हुन्छ ।

यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्वहरु हुन्छ ।

यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ ।

यो संधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।

बालबालिकाको लागि यो पूर्ण खाना हो । यसमा बालबालिकालाई ६ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु प्रर्याप्त मात्रामा हुन्छ ।

यसले बालबालिकाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ ।

यो बालबालिकाले सजिलै पचाउन सक्छ । यसमा रहेका पोषक तत्वहरु शरीरले राम्ररी सोस्न सक्छ ।

यसले एलर्जी विरुद्ध रक्षा गर्छ । दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वहरुलाई रगतसम्म पुग्न दिदैन ।

यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ ।

आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ । ६ महिना पछि पनि शिशुको पोषणको धेरै आवश्यकता पूरा गर्छ ।

आमाको लागि स्तनपानको महत्व:

बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ ।

बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ ।

आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैं सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ । यो कम खर्चिलो हुन्छ ।

आमा र बालबालिका बीचको माया ममता बढ्छ । बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छ ।

महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ ।

महिनाबारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८%) गर्भ निरोधकको रुपमा काम गर्छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ०१ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको