महाभियोग प्रकरणमा ट्रम्पले लेखे आक्रोशपूर्ण पत्र | Khabarhub Khabarhub

महाभियोग प्रकरणमा ट्रम्पले लेखे आक्रोशपूर्ण पत्र


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ‘कु’को प्रयास भनेका छन्।

ती डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप पनि ट्रम्पले लगाएको बीबीसीले उल्लेख गरेको छ ।

डेमोक्र्याटिक वरिष्ठ नेता तथा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख रहेकी न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७औँ शताब्दीमा जादुटुना गर्नेलाई गरेजस्तो भएको बताए।

पेलोसीलाई लेखिएको पत्रमा उनले “अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्ध”को घोषणा गरेको भनी आरोप लगाएका छन्।

मङ्गलवार पठाइएको पत्रमा उनले महाभियोगजस्तो शब्दको महत्त्वलाई सस्तो बनाइएको पनि बताएका हुन्।

बुधवार हुने मतदानमा परिणाम केही फरक होलाकि भन्ने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई ६ पृष्ठ लामो रोषपूर्ण पत्र लेखेका हुन्।

शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पुर्‍याएको भन्ने विशेष आरोपमा राष्ट्रपतिले पहिलो आरोप ‘निराधार हस्तक्षेप’ भएको र दोस्रो ‘खतरनाक र निरर्थक’ भएको बताए।

व्यक्तिगत राजनीतिक उपलब्धिका लागि युक्रेनलाई दबाब दिएको भन्ने आरोपमाथि बुधवार उनले महाभियोगसम्बन्धी मतदानको सामना गर्दैछन्।

उनले आफ्नो पत्रमा महाभियोग प्रकरणको सुरुदेखि नै उचित संवैधानिक प्रक्रियाबाट आफू विमुख भएको र प्रमाण प्रस्तुत गर्न पाउने संवैधानिक अधिकार पनि नदिइएको बताएका छन्।

ट्रम्पले शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पुर्‍याएको भन्ने दुईवटा महाभियोगका आरोपहरू झेलिरहेका छन्।

बुधबार यदि अपेक्षा गरिए अनुसार नै मतदान भएमा अमेरिकी इतिहासमा महाभियोगमा पर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुनेछन्।

उनी त्यसपछि सुनुवाइका लागि माथिल्लो सदन जानेछन् जहाँ दुवै पार्टीका सदस्यहरूले स्वतन्त्र रुपमा सुनुवाइ गर्नुपर्नेछ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ०२ बजे

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी

काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन 

काठमाडौं– अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरान अहिले नै

सुर्खेतको कोपिला भ्याली स्कुल कसरी पर्‍यो विश्वकै उत्कृष्ट १० मा ?

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै उत्कृष्ट १०

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौँ : ज्ञानेन्द्र शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट