अरुको नाममा लाइसेन्सको ट्रायल दिने दुई जना पक्राउ | Khabarhub Khabarhub

अरुको नाममा लाइसेन्सको ट्रायल दिने दुई जना पक्राउ


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली कागजात बनाई सवारी चालक अनुमति पत्र(लाइसेन्स) को प्रयोगात्मक परीक्षा दिएका २ जनालाई पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका गर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिको ड्राइभिङ सेन्टरबाट मंगलवार बेलुका ४ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका घर भइ हाल चावहिल बस्दै आइरहेका १९ वर्षका विरेन्द्र मल्ल र सुकेधारा बस्ने ३० वर्षीय दिपक शाही रहेका छन् ।

महाशाखाकाअनुसार सवारी चालक अनुमति पत्र लिनका लागि नेपाली नागरिकता लगायत सरकारी कागजात नक्कली बनाइ फरक व्यक्तिलाई ट्रायल परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १२ : ३५ बजे

सरकारलाई माओवादीले सोध्यो- संविधान संशोधनको विषय कहाँ हरायो ?

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षीय दुई ठूला दल

संसद्को ढोका खुल्यो तर हामीलाई पीढीमा आएर बस भनियो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले संसद्को

प्रतिनिधिसभामा गएर पनि बोलेनन् प्रचण्ड

काठमाडौं- हिउँदे अधिवेशनको पहिलो दिन उपस्थित भएर पनि प्रमुख प्रतिपक्षी

पाथीभरा केबलकार प्रकरण संसद्‌मा, ‘सरकारले ठीक गरेन’

काठमाडौं – ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा केबलकार जडान प्रकरणमा भएको दमनबारे संसद्‌

माधव नेपालप्रति योगेशको कटाक्ष : जुन पार्टी अध्यादेशबाट जन्मियो, उही अहिले ठिक छैन भन्दैछ

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालको पार्टी नेकपा