राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल, २ बुँदे सहमति (पत्रसहित) « Khabarhub

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल, २ बुँदे सहमति (पत्रसहित)


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ मा आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुने भएको छ ।

बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा राष्ट्रियसभा चुनावमा तालमेल गर्ने विषयमा दुई बुँदे सहमति भएको हो ।

सहमतिका दुई बुँदामध्ये पहिलो बुँदामा आगामी माघ ९ गते हुने प्रदेश नम्बर २ को राष्ट्रियसभा निार्वचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने तथा महिला र दलित पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले नेकपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

सहमतिको दोस्रो बुँदामा दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने उल्लेख छ ।

सहमति पत्र

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ६ : ४५ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार