पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा खतिवडा नियुक्त « Khabarhub

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा खतिवडा नियुक्त


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा घनश्याम खतिवडा नियुक्त भएका छन् ।

कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बुधबार बसेको बैठकले कार्यकारी निर्देशकमा चार वर्षका लागि खतिवडालाई नियुक्त गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।

खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले चारवर्षे कार्यकालमा पशुपति क्षेत्रको समग्र विकासमा सरोकार भएका निकायबीच समन्वयात्मक तरिकाले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयबाट ‘महाकवि अश्वघोष विरचित बुद्ध चरित महाकाव्यमा रस विधान’ विषयमा डा खतिवडाले विद्यावारिधि गरेका छन् । यसअघिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीको पदावधि गत असोजमै सकिएको थियो ।

परिषद् बैठकमा नेपाल भ्रमण वर्ष २०२० मा पशुपति क्षेत्रमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको सञ्चालक सदस्य आशा पाण्डेले बताए ।

उनको नेतृत्वमा आज कोषका महिला कर्मचारीको सहभागितामा पशुपतिस्थित वनकाली क्षेत्रमा सफाइ पनि गरिएको थियो ।

पशुपति क्षेत्रलाई स्वच्छ, सफा र पवित्र राख्न कोषका तर्फबाट पहल गरिरहने सदस्य पाण्डेले बताउनुभयो । भ्रमण वर्षका अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने नाका नाकामा सफाइ अभियानलाई तीव्रता दिइने जनाइएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै