नेपाल बैंकको बोलायो साधारणसभा, शेयर धनीले पाउने भए लाभांश « Khabarhub

नेपाल बैंकको बोलायो साधारणसभा, शेयर धनीले पाउने भए लाभांश


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं- नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति गरेको छ ।

नेपाल बैंकले यही पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत भई आएकोले साधारणसभाको मिति टुंगो लगाइएको हो ।

बैंकले गत आर्थिक २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । गत वर्ष बैंकले दुई अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेकोले अब साधारणसभाबाट अनुमोदन गर्दै नेपाल बैंकका शेयरधनीहरु पाउने छन्।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ५० बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष