नेपाल बैंकको बोलायो साधारणसभा, शेयर धनीले पाउने भए लाभांश « Khabarhub

नेपाल बैंकको बोलायो साधारणसभा, शेयर धनीले पाउने भए लाभांश


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं- नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति गरेको छ ।

नेपाल बैंकले यही पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत भई आएकोले साधारणसभाको मिति टुंगो लगाइएको हो ।

बैंकले गत आर्थिक २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । गत वर्ष बैंकले दुई अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेकोले अब साधारणसभाबाट अनुमोदन गर्दै नेपाल बैंकका शेयरधनीहरु पाउने छन्।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ५० बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको