प्रचण्डले अभिभावकत्व ग्रहण गरेका २ बालकको घर बन्ने « Khabarhub

प्रचण्डले अभिभावकत्व ग्रहण गरेका २ बालकको घर बन्ने


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभिभावकत्व ग्रहण गरेका दुई बालकको घर बन्ने भएको छ।

प्रचण्डले विसं २०७५ वैशाखमा अभिभावकत्व ग्रहण गरेका अरुण मुसहर र पत्रुस माझीसहित पाँच घरपरिवारको घर बन्न लागेको हो । भरतपुर–२७ स्थित साझापुरको सडकछेउमा रहेको सरकारी जग्गामा ती बालक काँसबाट बनेको अव्यवस्थित घरमा बस्दै आएका छन् ।

झुपडी घरलाई विस्थापित गरी दुईकोठे पक्की घर निर्माण गर्न लागिएको वडाध्यक्ष गोविन्द गुरुङले जानकारी दिए । भरतपुर महानगरपालिकाको पहलमा घरको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यस क्षेत्रमा जङ्गली जनावरको पनि जोखिम छ ।

‘शौचालयसहितको दुईकोठे घर एक महिनाभित्रै निर्माण गरिसक्ने योजना बनाएका छौँ,’ अध्यक्ष गुरुङले भने । दैनिक मजदुरी र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय छाप्रोजस्तो घरमा बसेका थिए ।

अब बन्न लागेको प्रतिघर दुई लाख खर्च हुने अनुमान गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकालाई खरमुक्त घर निर्माण गर्ने योजनाअनुसार ५ सय बढी घरपरिवारलाई निःशुल्क जस्तापाता वितरण गर्ने काम अन्तिम चरणमा पुगेको बताईन ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : ५२ बजे

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै