कर्णाली प्रदेशसभामा पहिलो पटक ‘ढ्याप्ढ्यापे’ « Khabarhub

कर्णाली प्रदेशसभामा पहिलो पटक ‘ढ्याप्ढ्यापे’


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभामा पहिलोपटक ‘ढ्याप्ढ्यापे समय’ प्रयोगमा ल्याइएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुखले सभाको काम–कारवाही शुरु भएको घोषणा गरेलगत्तै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न समय मागेका थिए ।
सभामुख राजबहादुर शाहीले ‘माननीयज्यू बोल्न चाहनुभएको हो रु’ भनेर सोधेलगत्तै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘हो’ भन्दै हात उठाए ।

सांसदहरुले यस अघि शून्य समय र विशेष समय मात्र प्रयोगमा ल्याएका थिए । सदनको कारवाही शुरु हुनुअघि सदस्यहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न अनुमति माग्नुलाई संसदीय भाषामा ‘ढ्याप्ढ्यापे समय’ भन्ने गरिन्छ ।

प्रदेशसभाको नियमित काम–कारवाही शुरु नहुँदै नेता शाहीले सङ्घीय र प्रदेश सरकारको आलोचना गर्दै केही समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले मन्त्रीहरु सदनमा उपस्थित नहुने गरेको, विधेयक आफूले पनि नल्याउने र प्रदेशसभा सदस्यहरुले ल्याउन नदिने गरेको भन्दै आलोचना गरेका थिए ।

उनले विप्लव समूहमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै भने– “वार्ता र सहमतिको विकल्प छैन्, प्रदेश सरकारले वार्ताका लागि केन्द्र सरकारसमक्ष समन्वय गरोस् ।” उनले थपे–“विप्लब समूहका गतिविधिबाट कर्णालीका जनप्रतिनिधि त्रसित छन्, सरकारले प्रतिबन्ध होइन, वार्ताको माध्यमबाट अघि बढोस् ।”

ढ्याप्ढ्यापे समयमा प्रतिपक्षी दलका नेताले बोलिसकेपछि सभामुखले ‘कर्णाली प्रदेशमा खेलकूदको विकास गर्न बनेको विधेयक–२०७५’ संसद्मा प्रस्तुत गर्न सामाजिक विकासमन्त्री दल रावललाई समय दिएका थिए । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सदस्यहरु ठम्मर विष्ट, यज्ञबहादुर विसी र विन्दमान विष्टले सरकारले खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको र प्रदेशका मौलिक खेलकूदको पहिचान तथा जगेर्ना हुने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ९ : ०३ बजे

विश्वकप फाइनल : एक गोल मात्र खाएको स्पेन र १९ गोल गरेको अर्जेन्टिना कुन बलियो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक