विदेशी श्रमिकको संख्या घटाउन विकल्प खोज्दै मलेसिया « Khabarhub

विदेशी श्रमिकको संख्या घटाउन विकल्प खोज्दै मलेसिया


५ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले रोजगारीका लागि आउने विदेशी श्रमिकको संख्या घटाउनुपर्ने बताउदै आएको छ । मलेसियाली प्रधानमन्त्री महाथीर मोहम्मदले विदेशी श्रमिकलाई नियन्त्रण गर्ने जतना नै सचेत हुन आग्रह गरेका छन् ।

विदेशी श्रमिकको संख्या वार्षिक रुपमै बृद्धि भए वा कायम रहेमा निकट भविष्यमा अर्को समस्या थपिने र यसको विकल्पको खोज्न स्यम मलेसियाली नागरिक नै सचेत हुनुपर्ने प्रधानमन्त्री महाथीर मोहम्मदले बताए । मलेसिया रोजगारीमा आए विदेशी नागरिक अवैध भएर बस्ने क्रम बढेसँगै त्यहाँ सरकारलाई टाउको दुखाईको विषय बन्दै गएको छ ।

हाल मलेसियामा मले, चिनियाँ र भारतीय गरी तीन मुलका नागरिक रहेकोमा चौथो स्थान बंगलादेशी छन् । मलेसिया हाल, २० लाख बंगलादेशी नागरिक रहेको र रोजगारीको ठूलो हिस्सा ओगटेको भन्दै यसले निकट भविष्यमा नै बंगलादेशी श्रमिक संख्या चौथो ठूलो शक्तिका रुपमा देखा परिरहेको विषयप्रति प्रधानमन्त्रीले महाथीर मोहम्मदले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय नागरिकले काम गर्दैनन् बाहिरबाट श्रमिक ल्यानुपर्छ । यो स्वभाविक हो प्रधानमन्त्री महाथीरले बताए । यसअघि पनि भारत र चीनबाट रवर र खानीमा काम गर्न आएको विदेशी श्रमिक यहाँका नागरिक भएका बसोबास गरेका छन् । मलेसिया सरकारले पछिल्लो समय विदेशी कामदार भित्राउने एकद्धार नीति लिएको छ । मलेसिया बेरोजगारी मलेसियाली नागरिक प्रथामिकतामा राखेर रोजगारी दिन रोजगारदाता कम्पनीलाई अपिल गरिरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  १२ : २१ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान