‘भारत’ को पोस्टरमा सलमान खानको दबदबा ! « Khabarhub

‘भारत’ को पोस्टरमा सलमान खानको दबदबा !


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान र क्याटरीना कैफ स्टारर प्रतीक्षित हिन्दी फिल्म ‘भारत’ को प्रचार शुरु हुन थालिसकेको छ । यसैबीच निर्माण टिमले फिल्मका केही पोस्टर सार्वजनिक गरेको छ । ती सबै पोस्टरमा सलमान खानलाई पृथक लूकमा देखाइएको छ ।

सलमान र क्याटरीना कैफ मुख्य भूमिका रहेको यो फिल्ममा सलमान खान नेवी अफिसरको लूकमा देखिएका छन् । उनका साथमा क्याटरीना कैफलाई पनि देख्न सकिन्छ ।

सलमान खानले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, ‘मेरो माटो, मेरो देश, भारतलाई सलाम ।’

सलमान खानले नयाँ पोस्टरको सोसल मिडियामा शेयर गरेका छन् । पोस्टरमा सलमान खानले नेवी अफिसरको भूमिका निभाएको कहानी देखाइएको छ ।

पोस्टमा लेखिएको छ १९७५ । पोस्टरमा समुद्र र एक पानीजहाज पनि देखिन्छ । तीन पोस्टरमा सलमान खानलाई फरक–फरक रुपमा देखिएका छन् ।

फिल्मको एक पोस्टरमा सलमान खानलाई बूढो रुपमा देखाइएको छ भने अर्कोमा उनलाई जवान देखाइएको छ ।

पोस्टरका आधारमा सलमान खानको भूमिका महत्त्वपूर्ण भएको देख्न सकिन्छ । अली अब्बास जफरले निर्देशन गरेको यो फिल्म निर्माण अतुल अग्निहोत्री र भूषण कूमारको ब्यानरमा बनिरहेको छ । फिल्म ५ जूनमा इदको मौका पारेर रिलिज हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ४ : ४७ बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट