आज बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक « Khabarhub

आज बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज वैशाख शुक्ल पूर्णिमा । महामानव गौतम बुद्धको बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन । सोही सम्झनामा आजको दिनलाई बौद्धधर्माबलम्बीहरुले विशेष दिनका रुपमा मनाउने गरेका छन् । भगवान गौतम बुद्धमा मुख्य तीन संयोग आजकै दिन परेकाले बौद्धधर्माबलम्बी ले यसलाई त्रिसंयोग दिवसका रुपमा मनाउने गरेका छन् ।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना भएको भने देशभरका बौद्ध गुम्बाहरुमा पनि बिहानैबाट बौद्धधर्माबलम्बी पुगेका छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म आजकै दिन अर्थात वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।
घर छाडेर तपस्यामा गरेका उनले ६ वर्षको ३५ वर्षको उमेरमा आजै दिन इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा विश्वमा परिचित बने । उनले शुरुमा आफूले प्राप्त गरेको ज्ञान पाँच जना शिष्यलाई प्रदान गरेका थिए ।

बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्दा चार सत्यको व्याख्या गरेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् । यिनै चार सत्यलाई बुद्धको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ०७ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो