प्रधानमन्त्रीले तिरौलाकोटबाट लुम्बिनी भ्रमण वर्ष घोषणा गर्ने « Khabarhub

प्रधानमन्त्रीले तिरौलाकोटबाट लुम्बिनी भ्रमण वर्ष घोषणा गर्ने


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले तिरौलाकोट पुगेर लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरे भएका छन् । २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री ओली हिजै (शुक्रबार) तिरौलाकोट पुगिसकेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।

शुक्रबार नै प्रधानमन्त्रीले बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन गरेका थिए । उनले तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासमा टेवा पुग्ने भन्दै तिलौराकोटको विकासलाई संघीय सरकारले प्राथमिकतामा राखेको बताए।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि तथा उत्खनन र अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए।

विगत ६ वर्षदेखि तिलौराकोटमा उत्खनन चलिरहेको छ। वर्षमा दुई महिना मात्र उत्खनन गरिने हुनाले काममा ढिलाइ भएको भिक्षु मैत्रेयले प्रधानमन्त्री ओलीलाई अवगत गराए।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : २५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम