लुम्बिनी क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथ आवश्यक– प्रधानमन्त्री « Khabarhub

लुम्बिनी क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथ आवश्यक– प्रधानमन्त्री


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

लुम्बिनीमा शनिवार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रका रुपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले बुद्धस्थल कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढङ्गलाई विकास गर्दै लैजाने प्रतिबद्धता जनाए । उनले तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवर्द्धनका लागि नयाँ ढङ्गले योजना बनाउने उल्लेख गरे ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताए ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  २ : ४६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका