कपिल शर्मा बन्दैछन् बुवा « Khabarhub

कपिल शर्मा बन्दैछन् बुवा


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित भारतीय कमेडियन कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन हुने भएको समाचारहरु भारतीय सञ्चार माध्यमहरुमा प्रकाशन भएका छन् ।

भारतीय टीभीको एक शो ‘सास, वहू र सस्पेन्स’ को रिपोर्ट अनुसार कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन हुन लागेको हो । समाचारका अनुसार कपिलकी श्रीमती गिन्नी शर्मा गर्भवती छिन् । कपिल र गिन्नीको विवाह डिसेम्बरमा भएको थियो ।

कपिलले १२ डिसेम्बर २०१८ मा आफ्नो बाल्यकालकी साथी गिन्नी चतरथसँग विवाह गरेका थिए ।

कपिल शर्माले सोनी टिभीमा द कपिल शर्मा शोको दोस्रो सिजनको सानदार शुरुवात गरेका छन् । कपिलको शो लगातार टीआरपी बटुल्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाह पछि कपिल टीभीमा फिर्ता भएका थिए ।

पहिलो शोका क्रममा शो का चर्चित कलाकार डा. गुलाटीसँग विवाद गरेका थिए । रक्सीका कारण भएको भनिएको विवादका कारण कपिलको कार्यक्रममा भूइचालो नै आएको थियो । धेरै जनाले शो छोडेका थिए भने अन्तिममा आएर कार्यक्रम नै बन्द भएको थियो ।

कपिलले सुनिल ग्रोबरमा फर्काउन निकै प्रयास गरेको भएपनि उनी सफल भएका थिएनन् । फ्यानहरले भने कपिल र सुनीलले सँगै काम गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ३ : ४० बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी