ठेकेदारमाथि आक्रोश पोख्दै प्रचण्डले भने– म कसको घरमा बसेको भन्ने मुख्य कुरा होइन « Khabarhub

ठेकेदारमाथि आक्रोश पोख्दै प्रचण्डले भने– म कसको घरमा बसेको भन्ने मुख्य कुरा होइन


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासको एजेन्डामा सत्तापक्ष र प्रतिपक्ष एक जुट भएर जान चाहेको बताएका छन् । उनले विकासमा सत्ता पक्ष र विपक्ष नहुने बताए ।

शनिवार नुवाकोटमा आयोजित कार्यक्रलाई सम्बोध गर्दै प्रचण्डले नेपाललाई समृद्धिको नयाँ यात्रा तिर लैजानका लागि यसअघि भएका ऐन कानूनको संशोधन गर्न जरुरी भएको बताए ।

उनले ठेकेदारका कारण विकास निर्माणको काममा अवरोध सिर्जना भइरहेको भन्दै गलत गर्ने ठेकेदारहरुलाई कारवाही गर्नुपर्ने बताए ।

आफू ठेकेदारको घरमा गएर बसेको प्रसंग आउने गरेको भन्दै प्रचण्डले त्यसलाई प्रस्टाउन खोजे । ‘ठेकेदार कम्पनीले कहाँ कहाँ ठेक्का पाएको छ भनेर म बस्न गएको पनि होइन र म गएपछि ठेक्का पाएको होइन’ प्रचण्डले भने,‘ सरकारले कडा कदम चालेर ठेकेदारलाई ठिक ठाउँमा राखोस् भन्न चाहन्छु ।’

नीति कार्यक्रम अघि आफूले प्रधानमन्त्री ओलीसँग यसबारे कुरा गरेको र यी विषय नीति तथा कार्यक्रममा समावेश भएको प्रचण्डको भनाइ थियो ।

‘विकास निर्माणका आकांक्षा र जनताका सपना लथालिंग हुसने खतरा छ,’ प्रचण्डले भने,‘खरिद ऐनका कारण पूँजिगत खर्च हुन सकेन र अर्बौं पैसा फ्रिज भएर जाने जुन पीडा भोगेका छौं त्यसको अन्त्यका लागि खरिद ऐनमा सुधार गर्न जरुरी छ ।’

ठेक्का प्रणालीका कारण ठेकेदारले लाखौं, करोडौं र अर्बौं रकम केही वर्षमा कमाउने र जनताले चाहिँ सधै पीडा भोग्ने कुराको अन्त्य नभएसम्म विकास निर्माण हुन नसक्ने प्रचण्डको भनाइ थियो ।

काम हुनु भन्दा अघि नै धेरै प्रतिशत पैसा ठेकेदारलाई दिने परिपाटीले गर्दा समस्या उत्पन्न भएको प्रचण्डको भनाइ थियो । ‘काम अघि नै ठेकेदारलाई २० प्रतिशत रकम दिने गरिएको छ जसलाई लगेर उसले जग्गा किनेर अर्बौं कमाउने गरेको छ ।’

‘म कसको घरमा बसेको भन्ने मुख्य कुरा होइन’ प्रचण्डले भने,‘ ६ /८ ओटा ठेकेदार कम्पनीले दशमा धेरै ठेक्का हात पार्छन् ।’  कुन नेतालाई र कर्मचारीलाई के भनेर ठेक्का हात पार्न पाइन्छ भन्ने ठेकेदारहरुलाई राम्रो संग थाहा भएको भन्दै प्रचण्डले त्यस कारण यो प्रणालीलाई फेर्न जरुरी भएको तर्क गरे ।

अब नेपाललाई समृद्धिको नयाँ यात्रा तिर लैजानका लागि हिजोका ऐन कानूनमा संशोधन जरुरी भएको उनको भनाइ थियो ।

ठेकेदारलाई धारे हात लगाएर मात्र मुक्ति नपाइने भन्दै प्रचण्डले राज्य र सरकारले पनि भूमिका खेल्नु पर्ने बताए ।

विदेशी लागनीकर्ताहरु नेपालमा आएपनि प्रणालिगत ढिलासुस्तीका कारण उनीहरु एक दुई वर्षमा नै निराश भएर फर्कने गरेको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ५ : १३ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र