गुठी विधेयक तत्कालका लागि स्थगन गर्नु उपयुक्त - मेयर शाक्य | Khabarhub Khabarhub

गुठी विधेयक तत्कालका लागि स्थगन गर्नु उपयुक्त – मेयर शाक्य


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठी विधेयक तत्कालका लागि स्थगन गर्न सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु र पार्टी अध्यक्षहरुसँग गरेको छलफलमा मेयर शाक्यले यस्तो सुझाव दिएका हुन् ।

स्रोतका अनुसार छलफलमा मेयर शाक्यले गुठी उपत्यकाका नेवारी समुदायको सामाजिक परम्परा र सस्कृतिसँग पनि जोडिएको विषय भएकाले तत्कालका लागि स्थगन गरेर सबै सरोकारवालासँग छलफल गरी अघि बढ्दा उपयुक्त हुने सुझाव दिए ।

सुझाव दिने क्रममा मेयर शाक्यले गुठी उपत्यकाका नेवारी समूदायको परम्परा अनुसार जन्मदेखि मृत्युसम्म आवश्यक हुने भएकाले गुठी विधेयकको विषयलाई लिएर आन्दोलन चर्किरहेका बेला तत्कालका लागि स्थगन गरेर सबै सरोकारवालासँग छलफल गरी अघि बढ्दा उपयुक्त हुने बताए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ४२ बजे

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप

चितवन – विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य