द्वन्द्वकालका पीडितलाई छिटोभन्दा छिटो न्याय दिन कृष्ण सिटौलाको माग « Khabarhub

द्वन्द्वकालका पीडितलाई छिटोभन्दा छिटो न्याय दिन कृष्ण सिटौलाको माग


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

नेता सिटौलाले द्वन्द्वकालका घटनाका दोषीमाथि तत्काल कावारही नगर्ने हो भने मुलुक पुनः अर्को द्वन्द्वमा फस्ने चेतावनी पनि दिए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विस्तृत शान्ति सम्झौतालाई कार्यान्वयनमा ल्याउन सरकार केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राजनीतिक सहमतिको आधारमा द्वन्द्वकालीन न्याय निरुपण गर्न सरकार लागि परेको बताए । उनले त्यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोगको कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेन ।

नेता भट्टराईले नेपालको संक्रमणकालीन न्याय निरुपणको काम सम्पन्न गर्न नेपाल आफै सक्षम रहेको दावी पनि गरे ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ६ : ५६ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको