द्वन्द्वकालका पीडितलाई छिटोभन्दा छिटो न्याय दिन कृष्ण सिटौलाको माग « Khabarhub

द्वन्द्वकालका पीडितलाई छिटोभन्दा छिटो न्याय दिन कृष्ण सिटौलाको माग


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

नेता सिटौलाले द्वन्द्वकालका घटनाका दोषीमाथि तत्काल कावारही नगर्ने हो भने मुलुक पुनः अर्को द्वन्द्वमा फस्ने चेतावनी पनि दिए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विस्तृत शान्ति सम्झौतालाई कार्यान्वयनमा ल्याउन सरकार केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राजनीतिक सहमतिको आधारमा द्वन्द्वकालीन न्याय निरुपण गर्न सरकार लागि परेको बताए । उनले त्यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोगको कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेन ।

नेता भट्टराईले नेपालको संक्रमणकालीन न्याय निरुपणको काम सम्पन्न गर्न नेपाल आफै सक्षम रहेको दावी पनि गरे ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ६ : ५६ बजे

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको