जनताको सुखी सपना वर्तमान सरकारले पूरा गर्ने मुख्यमन्त्री राईको विश्वास « Khabarhub

जनताको सुखी सपना वर्तमान सरकारले पूरा गर्ने मुख्यमन्त्री राईको विश्वास


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रामा अघि बढेको बताएका छन् ।

विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित मार्क्सवाद अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन गर्दै उनले मार्क्सवादको सिर्जनात्मक प्रयोगबाट जनतामा आर्थिक समृद्ध कायम गर्नुपर्नेमा जोड दिए ।  उनले यस पाठशालाको अध्ययनबाट हुर्केकाले वर्तमान सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै जनताको सुखी हुने सपना वर्तमान सरकारले पूरा गराउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको माध्यमबाट विकासको कार्य अघि बढीरहेको चर्चा गर्दै समृद्ध र सुखी समाज निर्माण गर्न सरकार कटिबद्ध रहेको टिप्पणी गरे । उनले पुस्तकालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, अध्ययन अनुसन्धान कार्यमा विशेष सहयोग उपलब्ध गराउने बताउँदै पुष्पलाल चोक आसपासमा ज्येष्ठ नागरिकका लागि चौतारा निर्माण कार्यको पहल गर्ने जानकारी दिए ।

पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, ज्येष्ठ नागरिक तोया घिमिरेले केन्द्रको स्थापनाबाट मार्क्सवादी पुनःजागरण र समाजलाई रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उक्त केन्द्रमा प्रत्येक शनिबार बिहान ६ देखि ८ बजेसम्म मार्क्सवादको राजनीतिशास्त्र, अर्थशान्त्र र दर्शनशास्त्र अध्ययन गराइने भएको छ ।

विसं २०२४ मा स्थापना भएको विष्णुमाया पुस्तकालयले ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र, खाजाको व्यवस्था विद्युतीय पुस्तकालय, सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन र दैनिक बिहान योग अभ्यास गराउँदै आइरहेको छ अध्यक्ष गौतमले बताए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : ११ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने