जवानलाई बूढो बनाउने के हो फेसएप ? « Khabarhub

जवानलाई बूढो बनाउने के हो फेसएप ?


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाल सामाजिक सञ्जालमा आफ्नो अनुहारलाई बूढो बनाएर अपलोड गर्ने प्रचलन एक्कासी बढेको छ ।

फेसएप नामक मोबाइल एप्लिकेशनको माध्यमबाट तस्बीर सम्पादन गरी अनुहारलाई बूढो बनाएर मानिसहरुले सामाजिक सञ्जालमा फोटो अपलोड गर्दै आएका छन् । यसमा सामान्य मानिसहरुमात्र नभएर विभिन्न सेलिब्रेटीहरु पनि छन् ।

नयाँ ट्रेण्डको रुपमा आएको यसले सामाजिक सञ्जालमा नयाँ तरंगै ल्याएको छ । फेसएपको माध्यमबाट भर्खरको मानिस समेत बूढो देखिन्छन् ।

आखिर के हो त यो फोसएप नामक मोबाइल एप्लिकेशन ?

फेसएप नामक एप्लिकेशन एप्पलको आइओएस र गुगलको एण्ड्रोइड दुबै भर्सनमा उपलब्ध छ । यसको विकास रुसको वायरलेस ल्याब नामक कम्पनीले गरेको हो । सन् २०१७ मा सार्वजनिक गरिएको यो एप्लिकेशन न्युरल नेटवर्क प्रविधिमा आधारित रहेको निर्माता कम्पनीको दाबी छ ।

यसको माध्यमबाट कुनै पनि मानिसको तस्बीरलाई उमेर र लिङ्गलाई पत्याउने शैलीमै परिवर्तन गर्न सक्छ । उपलब्ध तस्बीरलाई बूढो, जवान विपरीत लिंग तथा कुनै पनि भावमा ढाल्न सक्ने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ७ : १२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा