पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न | Khabarhub Khabarhub

पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको काम नवलपरासी पूर्वमा ८२ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा निजी आवास पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख राजेन्द्र कार्कीले बताए ।

नवलपुरमा भूकम्पका कारण ८५२ घरमा क्षति पुगेको थियो । तीमध्ये ६९५ ले घर निर्माणको काम सकेको प्रमुख कार्कीले बताए । उनका अनुसार निर्माण सम्पन्न गर्ने ६९५ ले तेस्रो किस्ताको रकम बुझेका छन् । दोस्रो किस्ताको अनुदान रकम बुझ्नेको सङ्ख्या भने ९४ प्रतिशतको हाराहारीमा रहेको उनले बताए। पहिलो चरणको पुनःनिर्माणको काम अब चाँडै सम्पन्न हुने प्रमुख कार्कीले बताए ।

नवलपुरमा गुनासो दर्ता गर्नेको सङ्ख्या दुई हजार २४० छ । गुनासो दर्ता गर्नेको सर्वेक्षणको काम शतप्रतिशत सम्पन्न भएको प्रमुख कार्कीले बताए । उनका अनुसार गुनासो दर्ता गर्नेमध्येबाट पाँच जनाको प्रबलीकरणका लागि नाम थप भएको छ । पाँच जनाले दोस्रो चरणको पुनःनिर्माणअन्तर्गत पहिलो किस्तावापतको रकमसमेत बुझिसकेका छन् ।

यस्तै विद्यालय पुनःनिर्माणतर्फ पहिलो चरणमा ३१ विद्यालय निर्माणको काम सकिएको छ । चार विद्यालय निर्माणको काम अन्तिम चरणमा रहेको छ । दोस्रो चरणमा थप ३७ विद्यालयसँग निर्माण सम्झौता भएको छ । जसअन्तर्गत सबै विद्यालयको पुनःनिर्माणको काम जारी रहेको कार्यालय प्रमुख कार्कीले बताए । विद्यालय भवन पुनःनिर्माणको काम सकिएका तीन विद्यालयमा शौचालय निर्माणको कामसमेत चलिरहेको प्रमुख कार्कीले बताए । विद्यालयमा दुई, तीन र चार कोठाका दरले भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : ४८ बजे

‘कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्छ’

काठमाडौं– सांसद मोहम्मद खालिदले कर्मचारीको सेवासुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन्

आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट

आदमपुर एअरबेस पुगेर मोदीले भने– आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्कासी पञ्जाब राज्यको आदमपुर एअरबेस

प्रधानमन्त्रीद्वारा उच्चस्तरको फिल्म स्टुडियो शिलान्यास

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण

पहिलेबाटै बेलायत बस्थिन् गीता, प्रतिनिधि सभामा उठेका पति कैलाश पनि जनमतबाट जसपातिर

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य