पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न « Khabarhub

पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको काम नवलपरासी पूर्वमा ८२ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा निजी आवास पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख राजेन्द्र कार्कीले बताए ।

नवलपुरमा भूकम्पका कारण ८५२ घरमा क्षति पुगेको थियो । तीमध्ये ६९५ ले घर निर्माणको काम सकेको प्रमुख कार्कीले बताए । उनका अनुसार निर्माण सम्पन्न गर्ने ६९५ ले तेस्रो किस्ताको रकम बुझेका छन् । दोस्रो किस्ताको अनुदान रकम बुझ्नेको सङ्ख्या भने ९४ प्रतिशतको हाराहारीमा रहेको उनले बताए। पहिलो चरणको पुनःनिर्माणको काम अब चाँडै सम्पन्न हुने प्रमुख कार्कीले बताए ।

नवलपुरमा गुनासो दर्ता गर्नेको सङ्ख्या दुई हजार २४० छ । गुनासो दर्ता गर्नेको सर्वेक्षणको काम शतप्रतिशत सम्पन्न भएको प्रमुख कार्कीले बताए । उनका अनुसार गुनासो दर्ता गर्नेमध्येबाट पाँच जनाको प्रबलीकरणका लागि नाम थप भएको छ । पाँच जनाले दोस्रो चरणको पुनःनिर्माणअन्तर्गत पहिलो किस्तावापतको रकमसमेत बुझिसकेका छन् ।

यस्तै विद्यालय पुनःनिर्माणतर्फ पहिलो चरणमा ३१ विद्यालय निर्माणको काम सकिएको छ । चार विद्यालय निर्माणको काम अन्तिम चरणमा रहेको छ । दोस्रो चरणमा थप ३७ विद्यालयसँग निर्माण सम्झौता भएको छ । जसअन्तर्गत सबै विद्यालयको पुनःनिर्माणको काम जारी रहेको कार्यालय प्रमुख कार्कीले बताए । विद्यालय भवन पुनःनिर्माणको काम सकिएका तीन विद्यालयमा शौचालय निर्माणको कामसमेत चलिरहेको प्रमुख कार्कीले बताए । विद्यालयमा दुई, तीन र चार कोठाका दरले भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : ४८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो