परीक्षाको अघिल्लो दिन लोक सेवाको कार्यालय अगाडि विरोध प्रदर्शन « Khabarhub

परीक्षाको अघिल्लो दिन लोक सेवाको कार्यालय अगाडि विरोध प्रदर्शन


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ ।

स्थानीय तहका लागि भन्दै गत असारमा लोक सेवाले ९ हजार १ सय ३२ पदका लागि आवेदन माग गरेको थियो जसको परीक्षा साउन ३ (भोलि) बाट शुरु हुँदैछ । आयोगको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विभिन्न संघ संस्थाले विरोध गर्दै आएका छन् ।

त्यसै क्रममा उनीहरुले परीक्षाको पूर्वसन्ध्यामा आयोगको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण केहीबेर अनामनगरको बाटो अवरुद्धसमेत भएको थियो । प्रदर्शनकारीलाई प्रहरीले सामान्य वल प्रयोग गरी हटाएको थियो ।

लोक सेवा आयोगले असारमा विभिन्न स्थानीय निकायले माग गरे बमोजिम भन्दै ९ हजार भन्दा बढी पदका लागि आवेदन माग गरेको थियो ।

तर, माग गरिएको आवेदन समावेशीताको मर्म विपरित भएको भन्दै विभिन्न संघसंस्थाले विरोध गर्दै आएका छन् ।

लोकसेवाको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै सर्वोच्चमा रिट समेत परेको थियो । तर सर्वोच्च अदालतले विज्ञापन खारेज गर्नुपर्ने कारण नरहेको भनेसँगै लोकसेवालाई परीक्षा गर्नका लागि बाटो खुला भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : २९ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा