अफ्रिका कप अफ नेसन्स– ट्युनिसियालाई पराजित गर्दै नाइजेरीया तेस्रो « Khabarhub

अफ्रिका कप अफ नेसन्स– ट्युनिसियालाई पराजित गर्दै नाइजेरीया तेस्रो


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफ्रिका कप अफ नेसन्समा नाइजेरीया तेस्रो भएको छ । बुधबार राति भएको खेलमा ओडियन इग्लुको निर्णायक गोलमा नाईजेरियाले ट्युनेसियालाई पराजित गरेको हो ।

तेस्रो स्थानका लागि भएको प्लेअफमा नाइजेरियाले ट्युनिसियालाई १–० ले पराजित गर्न सफल भएको हो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत रहेका इग्लुले खेलको तेस्रो मिनेटमै गोल गर्दै नाईजेरियालाई जीत दिलाएका थिए । इग्लुले प्रतियोगितामा सर्वाधिक ५ गोल गरे ।

सेमिफाईनलमा पराजित दुवै टिम तेस्रो स्थानका लागि हुने प्रतियोगितामा भिडेका थिए ।

तीन पटकको विजेता नाईजेरियाले आठौं पटक तेस्रो स्थानमा रहन सफल रह्यो । सेनेगल र अल्जेरियाबीच उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : ३४ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा