इबोलाका कारण कङ्गोमा १६ सय भन्दा बढीले ज्यान गुमाएपछि ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा « Khabarhub

इबोलाका कारण कङ्गोमा १६ सय भन्दा बढीले ज्यान गुमाएपछि ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी फैलिएपछी विश्व स्वास्थ्य सङ्गठनले त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै “विश्व स्वास्थ्य सङ्कटकाल” घोषणा गरेको छ ।

उक्त घोषणासँगै समृद्ध राष्ट्रहरूले इबोलासँगको सङ्घर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ । जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय चासो सहितको सङ्कटकाल निकै संवेदनशील खतराको सङ्केत हो । यस्तो अवस्था हालसम्म चार पटक मात्र उत्पन्न भएको बीबीसीले जनाएको छ ।

कङ्गोमा इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसै हप्ता १० लाखभन्दा बढी जनसङ्ख्या रहेको गोमा सहरमा इबोलासम्बन्धी घटनाहरू सार्वजनिक भएपछि थप सतर्कता अपनाइएको बताइएको छ । इबोला सङ्क्रमितको सङ्ख्या २५ सयभन्दा बढी रहेको बताइएको छ जसमध्ये दुईतिहाइको मृत्यु भइसकेको छ ।

सुरुमा इबोला सङ्क्रमितको सङ्ख्या एक हजार पुग्न २२४ दिन लागेको थियो। उक्त सङ्ख्या दुई हजार पुग्न भने थप ७१ दिन मात्र लागेको बताइएको छ । इबोलाबारे प्रत्येक दिन १२ वटा नयाँ घटना सार्वजनिक हुने गरेका छन् ।

उक्त रोगको खोप ९९ प्रतिशत प्रभावकारी भए पनि सबैले त्यस्तो खोप नलगाएकाले सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको बीबीसीले जनाएको छ ।

हाल सम्म एक लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका वा सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्बन्ध राखेका मानिसहरूलाई खोप लगाइएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोलाको प्रकोप प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट बाहिर फैलिन सक्ने प्रबल सम्भावना छ। युगान्डा र रुवान्डा उच्च जोखिममा रहेको बताइएको छ ।

के हो इबोला ?

इबोला एउटा भाइरसबाट लाग्ने रोग हो । यसले सुरुमा अकस्मात् ज्वरो आउँछ र शरीर एकदमै दुर्बल हुन्छ । मांसपेसीमा पीडा हुन्छ र घाँटी दुख्न थाल्छ ।

बिस्तारै बान्ता र पखाला हुनथाल्छ, आन्तरिक तथा बाह्य रक्तस्राव पनि हुन्छ रोगग्रस्त मानिसको छाला, मुख, नाक, रगत, बान्ता, दिसा वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थ सोझै छुँदा इबोला भाइरस सर्छ ।

शरीरबाट पानी र नूनको मात्रा घटेर तथा धेरै अङ्गले एकैचोटि काम गर्न छोडेर बिरामीको मृत्यु हुन सक्छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १२ : ४३ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा