भारत जाने नेपाली श्रमिकको व्यवस्थापन गर्न सरकारलाई सुझाव « Khabarhub

भारत जाने नेपाली श्रमिकको व्यवस्थापन गर्न सरकारलाई सुझाव


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– राष्ट्रिय मानव अधिकार आयोगले रोजगारीका लागि भारत जाने नेपाली कामदारको तथ्याक संकलन र व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।

आयोगले हालै गरेको आप्रवासी कामदारहरुको अधिकारको अवस्था सम्बन्धी अनुसन्धानले रोजगारीका लागि छिमेकी मुलुक भारत जाने नेपाली कामदारको संरक्षण, पहिचान र उनीहरुले नेपालमा सुरक्षित रुपमा रकम पठाउने व्यवस्था मिलाउन व्यवस्था गर्न आयोगले सरकारलाई सुझाव दिएको हो । सरकारले जसका लागि द्विपक्षीय कुटनीतिक पहल गर्नु पर्ने आयोगले औँल्याएको छ ।

आयोगको अनुसन्धानले नेपाल सरकारले २०७३ माघ ११ गते भारत रोजगारीमा जानेहरुलाई कल्याणकारी कोष र बिमाको दायरामा ल्याउने भनेर घोषणा गरिएको कार्यक्रम अझै लागू नभएकाले यो कार्यक्रम लागू गर्नु भनिएको छ ।

आयोगले भारतमा रोजगारीका लागि जानेहरुको संरक्षणका लागि अन्य प्रभावकारी कार्यक्रमहरु लागू गर्न पनि भनिएको छ । हाल भारतमा ७ लाख नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । वार्षिक रोजगारीका लागि करिब २ लाखभन्दा धेरै नेपाली काम गर्न भारत जाने गरेको आयोगको अध्ययनमा भनिएको छ ।

खुला सिमाना भएका कारण भारत जाने नेपालीको स‌ंख्या बढिरहेको छ । पछिल्लो समय नेपाली महिला रोजगारका लागि भारत जाने क्रम बढ्दो छ । उनीहरुको सुरक्षाका लागि पनि पहल गर्न आयोगले सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  २ : ३२ बजे

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका