एक दिन जेल बसेर रिहा भइन् उत्तम सञ्जेल पत्नी कला « Khabarhub

एक दिन जेल बसेर रिहा भइन् उत्तम सञ्जेल पत्नी कला


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलसहित तीन जना धरौटीमा छुटेका छन् ।

बौद्धस्थित समता अस्पतालको एक कोठामा मृत भेटिएकी कर्मचारी २७ वर्षीया विमला तामाङको मत्युपछि सञ्जेलकी श्रीमती कला सञ्जेलसहित अस्पतालकै कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसी पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने फैसला सुनाएको थियो । तर, अदालतको आदेशअनुसार तीनै जनाले ३ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनीहरु बुधबार जेल चलान भएका थिए ।

बिहीवार(आज) धरौटी रकम बुझाएपछि उनीहरु रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीका अनुसार उनीहरुले आज मध्याह्न धरौटी रकम बुझाएका हुन् ।

मृतकका आफन्तले सञ्जेल परिवारमाथि नै आरोप लगाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङको शव असार ३ मा झुन्डिएको अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो ।

रहस्यम रूपमा मृत्यु भएको भन्दै सञ्जेल दम्पत्तिलाइ पक्राउ गर्न जनदवाब बढेको थियो। प्रहरीले सञ्जेल पत्नीलाई ज्यान मुद्दा चलाएको थियो। पर्याप्त प्रमाण नभएपछि उनीहरु धरौटीमा छुटेका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ३ : ४६ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक