एक दिन जेल बसेर रिहा भइन् उत्तम सञ्जेल पत्नी कला | Khabarhub Khabarhub

एक दिन जेल बसेर रिहा भइन् उत्तम सञ्जेल पत्नी कला


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलसहित तीन जना धरौटीमा छुटेका छन् ।

बौद्धस्थित समता अस्पतालको एक कोठामा मृत भेटिएकी कर्मचारी २७ वर्षीया विमला तामाङको मत्युपछि सञ्जेलकी श्रीमती कला सञ्जेलसहित अस्पतालकै कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसी पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने फैसला सुनाएको थियो । तर, अदालतको आदेशअनुसार तीनै जनाले ३ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनीहरु बुधबार जेल चलान भएका थिए ।

बिहीवार(आज) धरौटी रकम बुझाएपछि उनीहरु रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीका अनुसार उनीहरुले आज मध्याह्न धरौटी रकम बुझाएका हुन् ।

मृतकका आफन्तले सञ्जेल परिवारमाथि नै आरोप लगाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङको शव असार ३ मा झुन्डिएको अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो ।

रहस्यम रूपमा मृत्यु भएको भन्दै सञ्जेल दम्पत्तिलाइ पक्राउ गर्न जनदवाब बढेको थियो। प्रहरीले सञ्जेल पत्नीलाई ज्यान मुद्दा चलाएको थियो। पर्याप्त प्रमाण नभएपछि उनीहरु धरौटीमा छुटेका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ३ : ४६ बजे

स्वर्णलक्ष्मीको बचत ठगीमा पक्राउ कांग्रेस सांसद राईविरुद्ध दुई अभियोगमा मुद्दा

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी समानुपातिक सांसद

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री 

मोरङ– गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त

रवीन्द्र मिश्र र दुर्गा प्रसाईं अझै ५ दिन हिरासतमा बस्नुपर्ने

काठमाडौं- काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र

पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने

पोखरा– पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख

जब घरमा पाल्न ल्याएको सिंहले मालिकलाई नै खाइदियो

नजाफ, इराक – इराकको कुफा शहरमा एक हृदयविदारक घटना भएको