साङ्लाले सताएको छ, २ मिनेटमा भगाउने घरेलु उपाय « Khabarhub

साङ्लाले सताएको छ, २ मिनेटमा भगाउने घरेलु उपाय


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

प्रायः भान्सा घरमा साङ्ला बढी आउने गर्छन् । साङ्लाबाट मानिसहरु आजित हुने गर्छन् । यिनीहरुलाई कसरी थपाउने होला भन्ने कुरामा उनीहरु धेरै जानकार हुँदैनन् । बजारमा पाइने विषादीको प्रयोगले केही दिन साङ्ला भागे पनि त्यसले स्वास्थ्यमा असर गर्छ । तर केही यस्ता घरेलु उपाय छन् जसबाट सहजै छुटकार पाउन सकिन्छ । यस्ता छन् घरेलु उपाय–

तेजपत्ताको प्रयोग

तेजपत्ताको बास्नाले साङ्ला भाग्ने गर्छन् । घरको जुन ठाउँमा बढी मात्रामा साङ्ला देखिन्छन्, त्यही ठाउँमा तेजपत्ताको धुलो राख्ने गरेमा यसको बास्नाले साङ्ला भाग्ने गर्छन् ।

बेकिङ पाउडर र चिनी

यसको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । एक कचौरामा धुलो पारिएको चिनी र बेकिङ पाउडरलाई बराबर मिलाएर साङ्ला आउने ठाउँमा राख्नुहोस् । चिनीको स्वादका कारण साङ्लाले त्यो धुलो खान्छ र बेकिङ पाउडरको गन्धले साङ्ला मर्ने गर्छन् ।

ल्वाङ

ल्वाङको गन्धले पनि साङ्ला भगाउन मद्दत गर्छ । ल्वाङको गन्धका कारण साङ्ला तुरुन्तै भाग्ने गर्छ ।

बोरेक्स पाउडरको प्रयोग

साङ्ला बढी आउने ठाउँमा बोरेक्स पाउडर छर्नाले पनि साङ्ला चाँडै भाग्ने गर्छ । तर यो स्वास्थ्यका लागि हानिकारक हुने भएको हुँदा बालबच्चालाई टाढै राखेर यसको प्रयोग गर्नु उत्तम मानिन्छ ।

मट्टितेलको प्रयोग

मट्टीतेलको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । जहा बढी मात्रामा साङ्ला हुन्छन्, त्यस ठाउँमा मट्टीतेल छर्किनुभयो भने त्यसको गन्धले साङ्ला भाग्छन र मर्छन् पनि ।

रेड वाइन

भान्सा घरमा भएका साङ्ला भगाउनको लागि एउटा कचौरामा थोरै रेड वाइन राख्नुस् । यसको बास्नाले लुकेका साङ्लाहरु बाहिर निस्किनुका साथै भाग्ने र मर्ने गर्छन् ।

अण्डाको बोक्रो

अण्डाको बोक्रोको प्रयोगले पनि तपाइले साङ्लालाई धपाउन सक्नुहुन्छ । प्राय घरमा अण्डा प्रयोग भइरहन्छ । तर, अण्डाको बोक्रा यत्तिकै फ्याकिन्छ, यदि यसको सही प्रयोग गर्नुभयो भने साङ्ला धपाउन सकिन्छ । अण्डाको बोक्रा कुनै कुनामा राखेमा त्यसबाट आउने स्मेलले पनि साङ्ला बाहिर निस्किने र भाग्ने गर्छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : २७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,