स्रोत नखुलेको ४१ लाख ८५ हजार रुपैयाँ सहित दुई जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ४१ लाख ८५ हजार रुपैयाँ सहित दुई जना पक्राउ


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलले स्रोत नखुलेको ४१ लाख ८५ हजार २ सय ८७ रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी वलको नेपाल गुल्म हेड्क्वार्टरको रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको टोलीले चेकजाँचका क्रममा रुपन्देहीको डण्डाबाट रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।

सशस्त्रका अनुसार पक्राउ पर्नेमा गुल्मी रुपाकोटका चन्द्रकान्त पौडेल र भारतमा घर बताउने सोमै धवल छन् । सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ टी ३०७१ नम्बरको भारतीय टोयोटा कारमा जाँच गर्दा उक्त रकम बरामद् भएको हो ।

उनीहरुलाई सोधखोज गर्दा बरामद रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ७ : ३३ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर