बदाम एक, फाइदा अनेक | Khabarhub Khabarhub

बदाम एक, फाइदा अनेक


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंलाई बदाम मन पर्छ ? यदि मन पर्दैन भने पनि यसको सेवनमा भने कमी नल्याउनुहोस् । किनकी चिकित्सकहरुले बदामलाई स्वास्थ्यका लागि अति नै लाभदायक खानेकुरा मानेका छन् । बदाम पौष्टिक तथा स्वास्थ्यवद्र्वक खानेकुरा मानिन्छ ।

चाहे गर्मी होस्, चाहे जाडो हरेक मौसममा बदामको सेवन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । यतिमात्र होइन काँचो या पाकेको दुबै प्रकारको बदामले मानिसको शरिरलाई भरपुर फाइदा पुर्‍याउँछ ।

चिकित्सकहरुका अनुसार, बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसको सेवनले मुटुको रक्त कोषिकाहरु स्वस्थ रहन्छन् । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

बोक्राको साथमा बदाम खानु झनै राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । तपाईंको क्षमताभन्दा धेरै बदाम खानाले अपच हुने संभावना रहन्छ र यसले पेटलाई खराब गर्छ ।

बदामको सेवन कोलेस्ट्रोललाई कम गर्न पनि प्रभावकारी मानिन्छ । बदामले कब्जियतको पीडालाई पनि कम गर्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : १० बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले