स्पेनिस ला लिगाः रियलको सुखद सुरुवात « Khabarhub

स्पेनिस ला लिगाः रियलको सुखद सुरुवात


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले सुखद सुरुवात गरेको हो ।

सेल्टाको मैदानमा १० खेलाडी सिमित भएपनि रियलले उत्कृष्ट जित निकाल्यो । रियलको जितमा करिम बेन्जिमा, टोनि क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाको इकर लोसडाले एक गोल फर्काए ।

घरेलु टिमविरुद्ध खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियल १० खेलाडीमा समेटियो । १० खेलाडीमा सिमित भएपनि रियलले थप दुई गोल गर्यो ।

खेलको ६१ औं मिनेटमा क्रुसले गोल गर्दै रियलको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८० औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा घरेलु टोलीका लोसडाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

सेल्टाविरुद्धको जितमा प्रशिक्षक जिनेदान जिदानले ग्यारेथ बेललाई पहिलो रोजाईमा मैदान उतारेका थिए । जितसँगै रियलले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । सेल्टाले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ४९ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित