रवि लामिछानेका समर्थकलाई करिश्माले भनिन् ‍– भेडो सोझो हुन्छ, खराब होइन ! « Khabarhub

रवि लामिछानेका समर्थकलाई करिश्माले भनिन् ‍– भेडो सोझो हुन्छ, खराब होइन !


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार रवि लामिछानेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि अभिनेत्री करिश्मा मानन्धर लामिछानेका समर्थकको तारो बनेकी छिन् ।

पूर्व सहकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणको विषयमा प्रहरीले लामिछानेलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा लामिछानेको समर्थनमा आवाज उठेको छ । प्रहरीले अनुसन्धानका लागि प्रक्राउ गरेपछि उनका समर्थकले नाराबाजी गरेका छन् । त्यसपछि करिश्माले रवि लामिछानेको नाम नलिई एक स्टाटस लेखेकी थिइन् । स्टाटसमार्फत उनले भनेकी छिन्, ‘राज्यले गर्नुपर्ने कामकाज निजी तबरबाट हुनु खतरनाक हुन्छ, नत्र किन चाहियो संसद, संविधान र राज्य संयन्त्र ?’

उनले फेसबूकमा ‘भेडाहरुको कोलाहल’ भनेर रवि लामिछानेका समर्थकलाई इंगित गरेपछि समर्थकले उनको विरोध गरेका हुन् ।

विवादमा तानिएपछि उनले पुनः अर्को स्टाटस लेख्दै आफूले जनतालाई भेडा नभनेको बताएकी छिन् ।

‘अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरेको थिएँ, त्यसमा जनतालाई भेडा भनेको होइन, भेडो सोझो हुन्छ खराब होइन, त्यो भेडोपनलाई इंकित गरेकी हुँ,’ उनले लेखेकी छिन्, ‘कतिपय अवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउँछ, कतिपय कुरामा राज्यको काम कारबाही असहज हुन्छ, हामी एउटा कानूनी राज्यमा बस्छौँ, कि त यो देशको कानून नमान्न प–यो कि, राज्यलाई सहयोग पु–याउन प–यो ।’

उनले यदि कसैले आफूलाई भेडा भनेको भन्ने लागेको भए माफी गरिदिन पनि आग्रह गरेकी छिन् ।
यस्तो छ उनको स्टाटसः

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ५० बजे

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा