लोकतन्त्रमा दमन नहुने भएकाले राजावादीहरुले खुलेआम गतिविधि गर्न पाएका छन्– प्रधानमन्त्री ओली « Khabarhub

लोकतन्त्रमा दमन नहुने भएकाले राजावादीहरुले खुलेआम गतिविधि गर्न पाएका छन्– प्रधानमन्त्री ओली


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्न सकिन्छ भन्ने तत्वहरु सक्रिय भएको भन्दै सजग हुन जरुरी रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुरानो व्यवस्था (राजतन्त्र)का पक्षधरहरु लोकतन्त्रलाई कमजोर पार्न सक्रिय रहेको बताए ।

‘पुरानो प्रणालीका पक्षधरहरु पनि यो देशमा छन्, लोकतान्त्रिक प्रणाली दमनकारी नभएका कारण पुरानो प्रणालीका पक्षधरहरुले खुलेआम गतिविधि गर्न पाएका छन्,’ ओलीले भने, ‘तर यो सुन्दर प्रणालि अघि बढ्दा यो अभ्यास परिपक्व र पूर्णता गर्न नपाउँदै यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने तत्वहरु पनि छन्, हामी सजग हुन जरुरी छ ।’

प्रधानमन्त्री ओलीले अहिलेको लोकतान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट व्यवस्था भएको उल्लेख गर्दै यसबाट जनताले अधिकतम लाभ प्राप्त गर्ने गरी काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ११ : ३५ बजे

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै

इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय