अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन– प्रधानमन्त्री ओली


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उदारता देखाउँदै प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संवैधानिक दायरमा अघि बढ्ने कुरामा यो सरकार प्रशन्नतापूर्वक आलोचना स्वीकार गर्छ । तर, सरकारको आलोचनाका लागि प्रतिगमन ल्याउँछु, प्रणाली उल्ट्याँछौं भन्ने कुरा यो सरकारलाई स्वीकार्य हुँदैन ।’

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको शासनविरोधी क्रियाकलाप नगर्न पनि चेतावनी दिए ।

‘एकजनाले प्रधानमन्त्री लगलग कामेका छन्, पद जानेभो भने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘पद नगएको मानिस दुनियामा कोही देखेको छैन । राजा महाराजा, जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ ।’

आगामी निर्वानपछि आफूलाई पनि पदमा बस्ने कुनै रहर नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट सरकार लगलग काम्यो भन्ने दिवा सपना नदेखे हुन्थ्यो । यो सरकार चुनौतीको सामना गरेर आएको हो ।’

सरकार लोकतन्त्रप्रति पूर्ण प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले अधिनायकवादतर्फ गयो भन्ने खालका कुरा नगर्न भन्दै विपक्षीहरुलाई सचेत गराए । सरकार अधिनायकवादी भएको भन्ने खालका कुरा गर्दा जनताले पनि नपत्याउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हनका लागि कानूनी राज तथा अशिक्षा र पछौटेपनाबाट अन्मुक्ति आवश्यक रहेको पनि बताए ।

‘हामीले सम्पन्नता हासिल गर्ने कुरामा, शान्ति सुरक्षा कायम गर्ने कुरामा, समानताका कुरामा, नागरिकले जीवनयापन गर्न पाउने अवस्था सिर्जना गर्न पाउने कुरामा ध्यान केन्द्रित गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ११ : ४७ बजे

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

काठमाडौं – हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका

निर्वाचनको तयारी : राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार