शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश « Khabarhub

शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले फिल्म निर्माता तथा निर्देशक छबिराज ओझाकी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनको आदेशविरुद्ध निशेषाज्ञाको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पोखरेललाई तत्कालन पक्राउ नगर्न प्रहरीका नाममा आदेश जारी गरेको हो ।

छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त गौशालाले काठमाडौं जिल्ला अदालतको अनुमतिमा छबि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रहरीले जारी गरेको पूर्जी खारेजीको माग गर्दै शिल्पाले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन् । तर, उच्च अदालत पाटनले भने शिल्पाको माग बमोजिम पक्राउ पूर्जी खारेज गर्ने आदेश जारी गरेन ।

उच्च अदालत पाटनले निषेधाज्ञा दिन अस्वीकार गरेपछि शिल्पाले २९ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

शिल्पाका तर्फबाट दायर गरेको निषेधाज्ञाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश राणाको इजलाशले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।

यससम्बन्धमा थप छलफल गर्न दुवै पक्षलाई भदौ १५ गते उपस्थित हुन भनिएको सर्वोच्च स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ४८ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको