एकल जातीय वर्चस्वले समावेशी विकास हुँदैन– राप्रपा (संयुक्त) « Khabarhub

एकल जातीय वर्चस्वले समावेशी विकास हुँदैन– राप्रपा (संयुक्त)


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा (संयुक्त) ले ठूला पार्टीमा रहेको असमावेशी नेतृत्वले सामाजिक सद्भाव, समावेशी विकास प्राप्त हुन्छ भन्नेमा शंका रहेको बताएको छ ।

‘नेकपाको नेतृत्वमा जुन किसीमको एकल जातीय वर्चस्व कायम छ त्यसबाट समावेशी लक्ष्य प्राप्त हुन्छ भन्नेमा विश्वस्त रहन सकिने अवस्था छैन । सत्तारुढ दलको नेतृत्व संरचनाले सो पार्टीको इमान्दारीमा प्रश्न चिन्ह खडा गरिदिएको छ’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले भने ।

दलित, आदिवासी जनजाति, महिला लगायतका पिछडिएका समुदायको समावेशीकरण, आरक्षण स्वागतयोग्य भएको जनाउँदै अध्यक्ष राणाले ठूला पार्टीको नेतृत्व तहमा एकल जातीय वर्चस्व निरन्तर रहनु आफैंमा अन्तरविरोधी रहेको बताए । र

ाप्रपा (संयुक्त) सम्वद्ध नयाँ मुलुकी ऐन २०२० एवं स्व. महेन्द्र स्मृति समारोहद्वारा आयोजित ‘हिन्दु धर्मभित्र जातीय विभेद’ विषयक विचार गोष्ठीलाई आइतबार सम्बोधन गर्दै राणाले सो विचार व्यक्त गरेका हुन् ।

मुलुकी ऐनको ऐतिहासिक पृष्ठभूमीतर्फ इंगित गर्दै राणाले भने, ‘दलित प्रतिको भेदभाव अन्त्य गर्न राजा महेन्द्रले पहिलो कदम चालेका हुन् । व्यक्तिगत, समूहगत र राष्ट्रिय हितका लागि यस्ता सकारात्मक पहल निरन्तर अघि बढ्नु जरुरी छ ।

’ ५६ औं मुलुकी ऐन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने, ‘नेपालमा पहिले पनि आरक्षण नभएको होइन । शिक्षा, जमीन र शासक वर्गको सँस्कृतिको आधारमा गरिने त्यस्तो सामन्ती आरक्षणले शासक वर्गलाई मात्र लाभ प्राप्त भयो । बाहुन, क्षेत्री र उच्च वर्गका नेवारहरुलाई मात्र समेट्यो । यसैकारण नब्बे प्रतिशत भूमीहीन रहको दलितहरु सबैभन्दा पछाडि परे ।’

यद्यपि आधुनिक युग अनुसार सबै जाति, समुदायलाई माथि उठ्न समान अवसर प्राप्त हुनुपर्छ बताउदै डा. लोहनीले भने, ‘दलित, जनजाति, मधेसी लगायतका पछाडि परेका समुदायलाई समावेशी आधारमा समान अवसर प्राप्त हुनुपर्छ । जनताको चेतना र समय अनुकूल समावेशी व्यवस्था अवलम्बन गर्नुपर्दछ ’ उनले भने, ‘समान अवसर व्यवहारमै अनुभूत हुनुपर्छ । बहिष्करणको समस्या पछाडि परेका समुदायका मात्र समस्या हैन, यो आम नेपालीको समस्या हो भनेर परिभाषित गर्नुपर्छ ।’

नयाँ मुलुकी ऐन २०२० एवं स्व. महेन्द्र स्मृति समारोहका संयोजक ऋषिबाबु परियारले धर्मभित्र छुवाछुत, भेदभाव कायम रहनु आफैंमा रोग हो । ‘यस्ता विसंगति, विकृति रहेसम्म देश र समाजले यथोचित प्रगति हासिल गर्न सक्दैन ।

रोगले मानिसलाई मृत बनाए जस्तै बहिष्करण र भेदभावले देश र समाजलाई अद्योगतितिर लैजान्छ । बहुसंख्यक जनतालाई धर्म वा कुनै परम्पराको नाममा हेला, अपमान गर्नु स्वीकार्य हुँदैन । यसकारण हाम्रा सामाजिक आचरण रुपान्तरण हुनुु जरुरी छ,’ उनले भने ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : २४ बजे

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन