विप्लव नेकपाका इन्चार्जसहित ६ जना पक्राउ « Khabarhub

विप्लव नेकपाका इन्चार्जसहित ६ जना पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २ जना जिल्ला इन्चार्जसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रदेश १ का विभिन्न स्थानमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ६ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो ।बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालय सहित अन्य स्थानमा बम विस्फोट गराएको आरोपमा आइतबार प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर लिम्बू ‘सक्कल’, मेची ब्यूरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य ३८ वर्षीय योगेश लिम्बू र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक २४ वर्षीय गणेश कार्की छन् ।

उनीहरूलाई एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा दमक नगरपालिका–६ स्थित न्यु कञ्चन होटेलबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ३२ बजे

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन