जीप दुर्घटनामा मृत्यु भएका पत्रकार डायलसनको अन्त्येष्टि « Khabarhub

जीप दुर्घटनामा मृत्यु भएका पत्रकार डायलसनको अन्त्येष्टि


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– जीप दुर्घटनामा मृत्यु भएका पत्रकार डायलसन अधिकारीको आज (आइतबार) अन्त्येष्टि गरिएको छ ।

बुटवलस्थित मगरघाटमा उनको अन्त्येष्टि गरिएको हो । स्व.पत्रकार अधिकारीको पार्थिव शरीरिरमा प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

यस्तै, श्रद्धाञ्जलीका लागि नेपाल पत्रकार महासंघ प्रदेश–५ का कार्यवहाक अध्यक्ष भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, प्रेस युनियन नेपाल रुपन्देहीकी अध्यक्ष रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, तिनाउ एफएमका स्टेशन म्यानेजर राजेन्द्रजंग रायमाझीलगायत जिल्लाका विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, जिल्लाका पत्रकारहरु, आफन्त, शुभेच्छुक र स्थानीयहरुको भीड लागेको थियो ।

तिलोत्तमा नगरपालिकाले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनको प्रचारप्रसारका लागि पूर्वी जिल्लाको भ्रमणमा गएको टोली सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.११ बक्साह चोकमा शनिबार जीप दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो ।

यस्तै सोही दुर्घटनामा घाइते भएका तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, वडा अध्यक्षहरु सोहन चौधरी, तामनाथ पाण्डे र चालक अशोक भण्डारीको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

यसैबीच पत्रकार अधिकारीको अन्तिम श्रद्धाञ्जलीलाई सम्वोधन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले स्व.अधिकारीका १ छोरा र १ छोरीको शिक्षामा नगरपालिकाले सहयोग गर्ने, धर्मपत्नीलाई रोजगारीको प्रबन्ध गरिदिने र स्व.पत्रकार अधिकारीको नाममा अक्षयकोष स्थापना गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका –३ शंकरनगर स्थायी घर भएका ४२ वर्षीय अधिकारी विभिन्न संघसंस्थाबाट सम्मानित भएका थिए ।

कर्मठ तथा लगनशील पत्रकारको छवब बनाउन भएका अधिकारी रेडियो नेपालको रुपन्देही सम्वाददाता , बुटवल टुडेको आर्थिक संयोजक र ई–लगन अनलाईनका अध्यक्ष तथा सम्पादक रहेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ४८ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका