अरुण नदीमा जीप खस्दा ६ जना बेपत्ता, खोजी जारी | Khabarhub Khabarhub

अरुण नदीमा जीप खस्दा ६ जना बेपत्ता, खोजी जारी


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको खाँदबारीबाट बिरामी लिएर धरान जाँदै गरेकोे बोलेरो अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

धर्मदेवी नगरपालिकाको अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको बोलेरो जीप गएराति अरुण नदीमा खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जीपका चालक सन्तोष विकसहित खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको समिर श्रेष्ठ, उनका बुबाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि उनलाई बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा जीप अक्करको भीरबाट अरुण नदीमा खसेको हो । दुर्घटनामा बेपत्ताहरुको खाजी जारी रहेको प्रहरीले जनाएको छ ।

लगातार परिरहेको पानीका कारण अरुण नदीको बहाब पनि बढ्दै गएको र खोजीमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : ५९ बजे

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको