आगामी तीन दिन पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह « Khabarhub

आगामी तीन दिन पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी तीन दिन देशभर वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमानगरेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पुर्वी र मध्य भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको महाशाखाले जनाएको छ । बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशका अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेग गर्जन सहित हल्का देखि मध्य वर्षा भइरहको छ । यो क्रम शुक्रवारसम्म जारी रहेन अनुमान गरिएको छ ।

मौसमविद्हरुले आज काठमाडौं र देशको अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ०१ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भुभागका धेरै स्थानमा र बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

राती: देशको पश्चिमी तथा मध्यमा सामान्य देखि पुर्ण बदली र पूर्वी भू-भागमा सामान्य बदलि रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक/ दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०२ गते (बिहिबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

राति: देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ ।

असोज ०३ गते (शुक्रबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

राति: देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जन/चट्टयांग सहितको वर्षा हुने साथै देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब बढ्न सक्ने भएकोले सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १० : ५८ बजे

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले