सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै « Khabarhub

सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– आज असोज संक्रान्ति, सुदूरपश्चिमका पहाडी जिल्लामा बन्ढुनी अर्थात् बुढी पोल्ने पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष असोज १ गतेका दिन, राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा सुदूरपश्चिम प्रदेशमा यो पर्व मनाइने गरिन्छ ।

गाईवस्तुको हेरचाह गर्ने ग्वाला (गोठाला)ले भाद्र सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँझ आदि रुखको लिङ्गो काटेर बन तथा गाउँको क्षेत्र पर्ने (दोबाटो)मा गाड्ने गर्दछन् । भाद्र १ गतेदेखि १ महिनासम्म उक्त लिङ्गोमा विभिन्न घाँस काटेर घार्ने (थुपार्ने) गरिन्छ ।

१ महिनासम्म घारेको लिङ्गो (बुढी)लाई असोज १ गते विधिपूर्वक दहन गर्ने गरिन्छ ।

द्वापर युगमा राक्षसी पुतना राजा कंशको आदेशले भगवान् कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेका बेला भगवान् कृष्णले उक्त षड्यन्त्र थाहा पाई उल्टै राक्षस पुतनाको रगत चुसी मारेर विजयी हासिल गरेको खुशीयालीमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ ।

जासुसी राक्षस पुतना दहनका लागि सबै घर–घरबाट काँस, अमरिसोलगायत पाँच जातको घाँसले बेरेको आगोको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ र दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ ।

बुढी पोल्दा लुतो फाल्ने भन्दै स्थानीय युवा काँक्रो चपाउँदै थुक्ने गर्दछन् । समाजमा भएका ठूलाबडा व्यक्तिको नाम पुकार्दै लुतो लैजान भनी नाच्दै रमाउने गर्दछन् ।

साँझ आकाशमा तारा चम्केपछिमात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गाईगोरुलाई र गोठमा पालेका जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक जनविश्वास रहिआएको छ । यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्डका कुमाउँ, गढवालमा पनि मनाइने गरिन्छ ।

बुढी पोल्ने पर्वको अवसरमा रातभरि सुदूरपश्चिमेलीहरुको लोक संस्कृति डेउडा खेल्ने र काँक्रोलगायतका अन्य फलफूल आपस बाँडीचुडी खाने चलन रहिआएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : २८ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका