सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै « Khabarhub

सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– आज असोज संक्रान्ति, सुदूरपश्चिमका पहाडी जिल्लामा बन्ढुनी अर्थात् बुढी पोल्ने पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष असोज १ गतेका दिन, राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा सुदूरपश्चिम प्रदेशमा यो पर्व मनाइने गरिन्छ ।

गाईवस्तुको हेरचाह गर्ने ग्वाला (गोठाला)ले भाद्र सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँझ आदि रुखको लिङ्गो काटेर बन तथा गाउँको क्षेत्र पर्ने (दोबाटो)मा गाड्ने गर्दछन् । भाद्र १ गतेदेखि १ महिनासम्म उक्त लिङ्गोमा विभिन्न घाँस काटेर घार्ने (थुपार्ने) गरिन्छ ।

१ महिनासम्म घारेको लिङ्गो (बुढी)लाई असोज १ गते विधिपूर्वक दहन गर्ने गरिन्छ ।

द्वापर युगमा राक्षसी पुतना राजा कंशको आदेशले भगवान् कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेका बेला भगवान् कृष्णले उक्त षड्यन्त्र थाहा पाई उल्टै राक्षस पुतनाको रगत चुसी मारेर विजयी हासिल गरेको खुशीयालीमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ ।

जासुसी राक्षस पुतना दहनका लागि सबै घर–घरबाट काँस, अमरिसोलगायत पाँच जातको घाँसले बेरेको आगोको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ र दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ ।

बुढी पोल्दा लुतो फाल्ने भन्दै स्थानीय युवा काँक्रो चपाउँदै थुक्ने गर्दछन् । समाजमा भएका ठूलाबडा व्यक्तिको नाम पुकार्दै लुतो लैजान भनी नाच्दै रमाउने गर्दछन् ।

साँझ आकाशमा तारा चम्केपछिमात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गाईगोरुलाई र गोठमा पालेका जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक जनविश्वास रहिआएको छ । यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्डका कुमाउँ, गढवालमा पनि मनाइने गरिन्छ ।

बुढी पोल्ने पर्वको अवसरमा रातभरि सुदूरपश्चिमेलीहरुको लोक संस्कृति डेउडा खेल्ने र काँक्रोलगायतका अन्य फलफूल आपस बाँडीचुडी खाने चलन रहिआएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : २८ बजे

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै