थापाथली अस्पतालमा अक्सिजन ग्यासको सिलिण्डर बनाउने क्रममा विस्फोट, दुई जना घाइते « Khabarhub

थापाथली अस्पतालमा अक्सिजन ग्यासको सिलिण्डर बनाउने क्रममा विस्फोट, दुई जना घाइते


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथलीस्थित प्रसुती गृहको अन्डरग्राउण्ड पार्किङ स्थलमा अक्सिजन ग्यासको सिलिण्डर बनाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित प्रसुती गृह थापाथलीको अन्डरग्राउण्ड पार्किङ स्थलमा अक्सिजन ग्याँसको सिलिण्डर बनाउने क्रममा मंगलबार दिउँसो सिलिण्डर पड्किँदा काठमाडौं काभ्रेस्थली घर भएका २७ वर्षीय अमिजित भण्डारी र २६ वर्षीय मदन भण्डारी घाइते भएका छन् ।

घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : ३२ बजे

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर