प्रधानमन्त्रीद्वारा सिंहदरबारमा नयाँ संसद भवनको शिलान्यास « Khabarhub

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा नयाँ संसद भवनको शिलान्यास


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन् । सिंहदरबारस्थित पुलती बगैचामा निर्माण हुने संसद भवनको बुधबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

शहरी विकास मन्त्रालयले बनाउन लागेको भवन साढे २ वर्षमा सम्पन्न हुने दाबी गरेको छ । उक्त भवनको निर्माण लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

संघीय संसद अहिले भाडामा सञ्चालन भइरहेको छ । सिंहदरबारमा रहेको पुरानो संसद भवन सानो भएपछि बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा संसद बैठक बस्दै आएको छ ।

उक्त भवनको भाडा वार्षिक करीब १५ करोड रहेको छ । नयाँ बन्ने संसद् परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ । साथै करिब तीन सयजना अटने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ ।

परिसर भवनमा तीनतल्ले पार्किङ समेत निर्माण गरिने छ । छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू र त्यसमा उपस्थित हुनुपर्ने विशिष्ट महानुभावहरू समेत अटाउने खालको एउटा हल समेत निर्माण हुने छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : ५१ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा