जनतालाई दुःखबाट मुक्त गराउने प्रधानमन्त्री ओलीका तीन उपाय « Khabarhub

जनतालाई दुःखबाट मुक्त गराउने प्रधानमन्त्री ओलीका तीन उपाय


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीन वटा उपाय प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउ बताएका छन् ।

‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन्, तीन वटा कारण छन, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता छैन,’ प्रधानमन्त्री ओलीले भने ।

‘हामी विद्धान पुर्खाका सन्तान हौं, विद्धान र वीर पुर्खाका सन्तानको जीन हामीसँग छ । दोस्रो, प्राकृतिक हिसावले हाम्रो देश सुन्दर मात्रै होइन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ । अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ’ ओलीले भने,‘नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यामबाट विकास गरेर दुःख पाईरहनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ ।’

सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउने आधार र अवसर रहेको पनि स्पष्ट पारे ।

उनले भारतको मोतीयारीबाट अमलेखगंजसम्म पाईपलाईनमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव भएको दृष्टान्त पेश गर्दै त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकहरुलाई उत्साहका साथ काम गर्न पनि आग्रह गरे । मुलुकको उत्पादनलाई प्रविधिसँग जोडने गरी काम गर्न युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  २ : ५६ बजे

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी