फरार अभियुक्त ५ वर्षपछि पक्राउ « Khabarhub

फरार अभियुक्त ५ वर्षपछि पक्राउ


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लुटपाट अभियोगमा अदालतबाट सजाय पाएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–२ का ५२ वर्षीय भोला मन्सुरी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले डाँका मुद्दामा फरार रहेको मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

सिरहाको चन्द्र उदयपुर निवासी रहमत राई र जमाहिर मियाको जाहेरीको आधारमा जिल्ला अदालत सिरहाले २०७१ साल वैशाख ३० गते छ वर्ष कैद र रु एक लाख ८० हजार जरिवाना गरेको थियो ।

पक्राउ परेका मन्सुरीलाई जिल्ला अदालत सिरहामा बुझाउने प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ४ : ५६ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको