टर्कीमा युद्धविरामको तयारी, कुर्द लडाकूविरुद्ध सैन्य अभ्यास रोक्यो | Khabarhub Khabarhub

टर्कीमा युद्धविरामको तयारी, कुर्द लडाकूविरुद्ध सैन्य अभ्यास रोक्यो


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्कीमा युद्धविरामको सुरुवात भएको छ । टर्कीले कुर्द लडाकूविरुद्धको सैन्य अभ्यास रोकेपछि यसलाई युद्धविरामको तयारीका रुपमा लिइएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले भनेका छन्, ‘टर्की उत्तरी सिरियामा आफ्नो सैन्य अभ्यास रोक्न सहमत भएको छ ताकि कुर्द नेतृत्वको बल पछि हट्न सकोस् ।’ यो घोषणा अंकारामा पेन्स र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनबीच भएको भेटवार्तापछि भएको हो ।

सबै सैन्य अभियान आगामी पाँच दिनका लागि रोकिएको छ र अमेरिका कुर्द बलको व्यवस्थित ढंगले फिर्ता गराउन मद्दत गर्नेछ । अमेरिकाले सीमाको त्यस इलाकाबाट कुर्द बललाई हटाइरहको छ जहाँ टर्की ‘सेफ जोन’ बनाउन चाहन्छ ।

टर्कीले पछिल्लो साता यस अभियानको सुरुवात गरेको थियो । यसको अर्थ कुर्द बललाई सीमाबाट पछि धकेलेर त्यहाँ सिरियाली शरणार्थीहरुका लागि एक ‘सेफ जोन’ बनाउनु रहेको छ।

पेन्सको घोषणा भन्दा अघि अमेरिकी राष्ट्रपतिले अर्दोआनलाई धन्यवाद दिँदै ट्विटमा ‘लाखौँको ज्यान जोगिने छ’ बताएका थिए । पेन्सले आफ्नो घोषणका दौरान डोनाल्ड ट्रम्पको मजबुत नेतृत्वको सराहना गरे । उनले भने ‘ टम्प युद्धविराम चाहन्छन्, उनी हिंसा रोक्न चाहन्छन् । ’

अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले टर्की जब सैन्य अभियान समाप्त गर्छ तब उसमाथि आर्थिक प्रतिबन्ध हटाइनेछ र यस दौरान अधिक प्रतिबन्ध नलगाइने बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : १५ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०